रुसी सेनाको आक्रमणमा परी ३१ युक्रेनीको मृत्यु – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

रुसी सेनाको आक्रमणमा परी ३१ युक्रेनीको मृत्यु

काठमाडौं। युक्रेनमा रुसी सेनाले गरेको पछिल्लो आक्रमणमा ३१ जना युक्रेनीको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।

राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ। यी १७ मृत्यु मध्ये दुई बाल अस्पतालमा भएको थियो। निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ।

ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ। आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो। बाल अस्पतालमा देखिएको तस्विरमा ठूलो क्षति देख्न सकिन्छ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पोल्याण्डको भ्रमणमा छन्। जहाँ उनीहरुले सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना छ। जेलेन्स्कीले किभ र स्लोभियान्स्क लगायतका शहरहरूमा ४० वटा छुट्टाछुट्टै मिसाइल हमला भएको बताए।

यी आक्रमणमा आवासीय भवन, भवन र बाल अस्पतालमा क्षति पुगेको छ। धुवाँको बादल कीभ शहर भर देख्न सकिन्छ।

जेलेन्स्कीले एक सामाजिक सञ्जाल पोस्टमा मानिसहरू अस्पतालको भग्नावशेषमा फसेको जानकारी दिदै चिकित्सक, नर्स र सर्वसाधारणले पनि भग्नावशेष हटाउने प्रयास गरिरहेको उल्लेख गरेका छन्।

सम्बन्धित समाचार

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८१ असार २५, १४: ०५

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
  • २०८१ असार २५, १४: ०५

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...

संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  • २०८१ असार २५, १४: ०५

काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...