उदयपुरको तोरीवारीमा पहिरोः १को मृत्यु २ जना घाईते – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

उदयपुरको तोरीवारीमा पहिरोः १को मृत्यु २ जना घाईते

गाईघाट। गएरातिदेखि निरन्तर परेको वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरो पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गाईघाटअनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको छ। त्यस्तै, ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्।

गम्भीर घाईते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन्।

अविरल वर्षाका कारण उदयपुर जिल्लाका पहाडी क्षेत्र उच्च जोखिममा रहेको भन्दै जिल्ला दैवी प्रकोक उद्दार तथा व्यवस्थापन समितिले सर्तकता अपनाउन भनेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २५, १७: ००

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २५, १७: ००

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ असार २५, १७: ००

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...