प्रधानमन्त्रीको प्रश्न ‘नियत सफा भए पहिलो र दोस्रो दलले अँध्यारो कोठामा किन गरे सहमति ?’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानमन्त्रीको प्रश्न ‘नियत सफा भए पहिलो र दोस्रो दलले अँध्यारो कोठामा किन गरे सहमति ?’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेबीच नियत सफा नभएको भन्दै सफा नियत भएको भए किन अँध्यारो कोठामा सहमति गरियो भनी प्रश्न गरेका छन्।

उनले संसदको पहिलो र दोश्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालीबीच सहमति गएर सरकार चलाउने निर्णयमा पुग्नुमा आफूलाई प्रतिगमन र निरंकुशताको शंका लगोको बताए।

संसदमा विश्वासको मत माग्नका लागि प्रस्ताव पेश गर्दै उनले पहिलो र दोस्रो ठूला दल मिल्दा जहिले पनि लोकतन्त्र कमजोर बनेको र अधिनायकवादलाई प्रश्रय दिएको आशंका व्यक्त गरे।

उनले भने, ‘यहाँ त कांग्रेस र एमाले मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न, रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ।’

‘‘तपाईंहरुको यात्रा प्रतिगमनतिर हो भन्ने तपाईंहरुको सहमतिको तरिका, सहमति गरेका ठाउँहरु, सहमतिको तयारी कसका घरमा गर्नुभयो? हस्ताक्षर कसका घरमा गर्नुभयो? त्यो समय किन रोज्नुभयो भन्ने आम जनताले नजिकबाट हेरिरहेका छन्। त्यसको हिसाब राखिरहेका छन्।’

आफूले सबै भन्ने हो भने लाजमर्दो अवस्था आउने उनले बताए ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २८, १४: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २८, १४: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २८, १४: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...