
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको विश्वास गुमाएका छन्। सदनबाट विश्वासको मत अश्वीकृत भए पछि प्रधानमन्त्री दाहाल १८ महिनापछि पदमुक्त भएका हुन्।
अठार महिना फरक फरक राजनीतिक दलसँगको समिकरणमा सरकारको नेतृत्व गर्न सफल प्रधानमन्त्री दाहालले सदन समक्ष आफूलाई संसदको विश्वास छ भनी पेश गरेको प्रस्ताव अध्यधिक बहुमतले अश्वीकृत भएको हो।
प्रधानमन्त्री दाहालले पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा जम्मा ६३ मत परेको छ। दाहाललाई उनी नेतृत्वको दल नेकपा माओबादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र र नेकपा (एकीकृत समाजबादी)का १० सांसदले दाहालको पक्षमा मतदान गरेका थिए।
प्रधानमन्त्री दाहालले पेश गरेको प्रस्तावको विपक्षमा भने १९४ मत परेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजबादी पार्टीसहितले विपक्षमा मत दिएका थिए।
एक सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमाले सांसद टोपबहादुर रायामाझी निलम्वनमा परेका छन् भने सभामुख देबराज घिमिरेले मतदानमा भाग लिएनन्।
१५ जना सांसद अनुपस्थित थिए भने एक जना सांसद नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कतै पनि मत दिएनन्।
सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन गत असार १९ गते फिर्ता लिएपछि संविधानको धारा १०० को उपधारा (२) बमोजिम सदन समक्ष विश्वासको मत लिन प्रधानमन्त्री दाललले पेश गरेको प्रस्ताव अश्वीकृत भएको हो।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री भएका दाहालले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले तत्काल आजै राजिनामा दिने छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...