रबीलाई ज्ञानेन्द्र सुझावः बेचनको अनावश्यक ब्राण्डिङ नगर्नुस्, कुनै फायल खोल्न सक्नु भएन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रबीलाई ज्ञानेन्द्र सुझावः बेचनको अनावश्यक ब्राण्डिङ नगर्नुस्, कुनै फायल खोल्न सक्नु भएन

काठमाडौं। विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफलका क्रममा प्रतिनिधिसभामा दलहरुबीच आरोप र प्रत्यारोप चलेको छ।

सरकारमा भएका माओवादी केन्द्र र रास्वपाले सुशासनका पक्षमा काम गर्दा सरकार ढालिएको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेलाई अरु कसैले मिलाइदिएको दाबी गरे।

उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थाल्था, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्ता थाल्दा, भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान सुरु हुँदा ठूलै समूह डराएको र बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खलबलिएको दाबी गरे।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झा पक्राउ परेपछि नै सरकार ढालेको दाबी गरे।

गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवी लामिछानेले अनुसन्धानको सुरु कसैको घरको ढोकामा पुगेपछि कांग्रेस र एमालेलाई एकाएक संविधानको याद आएको जनाउँदै भने, ‘एउटा फाइल खुलेको २४ घन्टामा सरकार ढाल्नुभयो, कसरी खोल्नु फाइल?’

त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीको आदिवासी जनजाति, दलितको कुरा गरेको भन्दै उनले भने, ‘हजुरकै पार्टीमा हेर्नुस् न, जनतातिको छोरा तपाईंको पार्टी अध्यक्ष हुँदा हामी पनि पर बसेर ताली पड्काउँथ्यौं ।’

आफूहरुले जनजातिको छोरालाई पार्टी अध्यक्ष बनाइसकेको भन्दै शाहीले भने ‘अर्को दलितको कुरा गर्नुभयो, आफ्नो मन्त्रिपरिषद् पल्टाएर हेर्नुस् त, एक जना दलितको छोरा छ? छैन् ।’

उनले जातजातिलाई भड्काएर आफ्नो राजनीतिक रोटी सेक्न काम नगर्न आग्रह गरे। उनले ‘बोलेर नै गिनिज बुकमा नाम’ लेखाएकाले लामिछानेसँग बोल्न नसक्ने भन्दै भने, ‘यत्रो सुशासनको भाषण गर्नुभयो, तपाईंको अभिन्न मित्र जीबी राई पक्राउ नगरेरै विदा हुनुभयो ।’

‘पूर्व सभामुख निर्दोष भन्नुभयो, टेलिफोन काण्ड सुन्नुभयोे? पूर्वउपराष्ट्रपतिका परिवारका सदस्यहरुको भिडियो आएको छ सुन तस्करीमा। सीआईबीले त्यो त होइन भन्यो,’ माओवादी नेताहरु जोडिएको मुद्दामा केही नगरेको संकेत गर्दै उनले प्रश्न गरे, ‘अनि यही हो सुशासन ?’

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ गरेकै कारण सरकार ढलेको दाबीको उनले प्रतिवाद गरे। ‘एउटा बेचन झा, बेचन झा, के ब्राण्डिङ गरेको हो?’ उनले भने, ‘पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी यो संसदको सदस्य हो। उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने, जाबो बेचैनेको बेचन गर्न सरकार ढल्ने हुन्छ?’

उनले भने, ‘हामीले फाइल खोल्दा रे। एउटा फाइल खोलेको छैन, एक जना मान्छे जेल हालेको छैन। अनि कहाँ फाइल छ? न निर्मलाको हत्यारा पत्ता लागेको छ ? न जीबी राई पक्राउ परेका छन्? न सहकारी ठगीका दोषी जेल गएका छन्, न भुटानी शरणार्थीका दोषी जेल गएका छन्, कोही गएका छैनन् नि।’

‘फाइल खोलेर सरकार ढल्यो भन्ने झुटा कुरा नगरिदिनुस’ उनले गृहमन्त्रीलाई आग्रह गरे ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २८, १८: ३२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २८, १८: ३२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २८, १८: ३२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...