
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले मन्त्री बन्नका लागि ४ जनाको नाम सिफारिश गरेको छ।
शेखर समूहबाट प्रदीप पौडेल, हृदयराम थानी, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ।
कोइरालाले सभापति शेरबहादुर देउवासमक्ष उक्त नाम सिफारिस गरेका छन्। सभापति देउवाले भने तीन जना मात्र मन्त्रीको नाम सिफारिस गर्न भनेका थिए। तर कोइराला समूहले चार जनाको दाबी गरेको छ।
मन्त्री बन्न सहमहामन्त्रीद्वय बद्री प्रसाद पाण्डे र जीवन परियार मुख्य आकांक्षी थिए तर उनीहरूलाई नछानिएको स्रोतको दाबी छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...