
रुकुम पश्चिम। रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ।
आठबिसकोट नगरपालिका वडा नं. १२ स्थित बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो।
बाढीले बगाउँदा १ पुरूष बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन्।
मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेका छन्।
घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन्।
घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बखत शाहीले बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...