
काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत धामीसहित २ जना कर्मचारी घुससहित पक्राउ परेका छन्।
उनीहरुसँग ४ लाख १२ हजार रुपैयाँ नगदसहित ५० लाख बढी रकमको चेकपनि भेट्टिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयले कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक(जेटीए) अशोकसिंह धामीलाई सोमबार ४ लाख १२ हजार रुपैयाँ घुस लिँदालिदैँ समातेको थियो।
कृषि प्राविधिकद्वय धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिई गएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट पक्राउ गरेको हो।
उनीहरूले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा र सो बाहेक उनीहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र जेटीए धामीको नाममा काटिएको २ लाख ५० हजारको २ वटा गरी ५० लाख ६० हजारको चेकसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...