बंगलादेशमा आन्दोलन हिंसात्मक, ‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु’ – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

बंगलादेशमा आन्दोलन हिंसात्मक, ‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु’

काठमाडौं। बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ।

बुधवार सूचना जारी गर्दै दुताबासले नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेको हो।

कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ।

अहिलेसम्म भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ, जसमा ३ जना विद्यार्थीहरू समेत रहेका छन्।

सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन चर्किएको हो।

आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिगबीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन्।

सन् १९७१ देखि बंगलादेशको सरकारी जागिरमा विभिन्न समूहलाई आरक्षण दिइएको छ।

बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने आन्दोलनमा लडेका व्यक्तिको सन्तान, महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षणको व्यवस्था छ।

एकतिहाइ सरकारी पद युद्धको समयका नायक भनी वर्गीकृत गरिएका व्यक्तिका सन्तानका लागि छुट्याइएको छ।

बंगलादेशमा सरकारी जागिरलाई निकै महत्व दिइन्छ। सेवासुविधा पनि आकर्षक हुन्छ। कूल सरकारी पदमध्ये आधा निश्चित समूह र वर्गका लागि आरक्षित गरिएको छ।

जसको विरोधमा आन्दोलन चर्किएको छ र आन्दोलनमा विद्यार्थीहरूको ठूलो उपस्थिति देखिएको छ ।

शेख हसिनाको सरकारले सन् २०१८ मा आरक्षण प्रणाली खारेज गरेको थियो। तर गएको जुन महिनाको पहिलो सातामै अदालतले आरक्षणलाई पुनर्स्थापनाको आदेश दियो। त्यसपछि विद्यार्थीहरूले आन्दोलन सुरु गरेका थिए।

 

सम्बन्धित समाचार

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८१ श्रावण २, १७: ३१

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
  • २०८१ श्रावण २, १७: ३१

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...

संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  • २०८१ श्रावण २, १७: ३१

काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...