
भरतपुर। चितवनमा रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमा आगजनी गरिएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ का स्थानीयले रेलमार्गको सर्भे गर्न पुगेका कर्मचारीको टोली चढेको गाडीमा आगजनी गरेका हुन्।
भरतपुर ७ मा पुगेको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि अहिले टोली चितवन क्षेत्रको सर्भेमा छ। टोलीले हेटौंडादेखि बर्दघाटसम्मको सर्भे गर्ने कार्यक्रम रहेको थियो।
स्थानीयले बस्तीबाट रेलमार्ग नबनाउन माग गर्दै आएका छन्। तर, कर्मचारीहरुले जबर्जस्ती गरेपछि स्थानीयहरु आक्रोसित छन्। उनीहरुले पूर्वपश्चिम सडक मार्गको बेहाल भएको बेला रेलमार्गको नाममा उठीवास लगाउन खोजको भन्दै असन्तुष्टि जनाएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...