
काठमाडौं। संघीय संसद्को प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई अमेरिकी सरकारले प्रवेश आज्ञापत्र (भिषा) दिन अस्वीकार गरेको छ।
उपसभामुख रानाले आफू लगायत ६ जना युवाको नाम राखेर काठमाडौस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएकी थिइन्। तर,अमेरिकाले उनीसहित कसैलाई पनि भिसा दिन अस्वीकार गर्यो।
राज्यबाट भिआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउने प्रचलन रहेको छ। उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ। तर, उपसभामुख रानाले भने सिधै आँफै पत्र लेखेर भिसाका लागि आवेदन दिएको दाबी गरिएको छ।
उपसभामुखसहित भिषा आवेदन दिएका ६ युवा केका लागि अमेरिका जान लागेका थिए र ती को हुन् खुल्न सकेको छैन।
यसअघि एनआरएनए युकेको निमन्त्रणामा गत मार्च २ तारिख लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो।
यसअघि रानाले उपसभामुखकै हैसियतले २०२३ फेब्रुअरी २६ मा नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र लेख्दै आफूसहित अन्य ५ जनालाई अमेरिकाको भिषा दिन आग्रह गरेकी थिइन। एउटा एनजीओको कार्यक्रममा जान उनले आफूसहित अन्य पाँच जनाको सिफारिस गरेको प्रमाण फेला परेको छ।
हेर्नुस् प्रमाण –

फरकधार डटकमबाट साभार गरिएको
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...