
भरतपुर। नारायणगढ–मुग्लिन सडक खण्डको को सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएकामध्ये २० यात्रुको मात्र शव फेला परेको छ। तीनमा २ महिला र १८ पुरुष छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) भेषराज रिजालअनुसार १४ शवको सनाखत भएको छ भने ६ वटा शवको सनाखत हुन सकेको छैन्।
नदीमा वेपत्ता भएका दुई यात्रुवाहक बस अझैसम्म पनि भेडिएको छैन।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए।
दुवै बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ। जसमा तीन यात्रुले भने झ्यालबाट हाम फालेर नदीमा पौडिएर ज्यान बचाएका थिए।
यता, गृहमन्त्रालयले गठन गरेको अध्ययन कार्यदल घटनास्थलको अध्ययन पछि बङ्लादेशबाट गोताखोर ल्याउन सुझाव दिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...