लायन्स क्लव इन्टरनेसनल र विश्व खाद्य कार्यक्रमद्वारा ‘दिवा खाजा’लाई सहयोग – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

लायन्स क्लव इन्टरनेसनल र विश्व खाद्य कार्यक्रमद्वारा ‘दिवा खाजा’लाई सहयोग

काठमाडौं। संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआइएफ)ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोगको घोषणा गरेको छ।

ती संस्थाले नेपालसहित चार देशका दिवा खाजका कार्यक्रमलाई ४० लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग घोषणा गरेका हुन्।

उक्त अनुदानबाट नेपालको कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका आठ सयभन्दा बढी विद्यालयका कक्षा पाँचसम्मका ९० हजार भन्दाबढी विद्यार्थी लाभान्वित हुने जनाइएको छ।

लायन्स क्लब इन्टरनेशनलका अध्यक्ष फाब्रिसियो ओलिभेरा, विश्व खाद्य कार्यक्रमका कन्ट्री रिप्रिजेन्टेटिभ रोबर्ट कास्का र शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले उक्त अनुदानको घोषणा गरेका हुन्।

अध्यक्ष फाब्रिसियाले बालबालिकालाई पौष्टिक र पर्याप्त खानामा नियमित पहुँच दिन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए।

कन्ट्री रिप्रिजेन्टेटिभ कास्काले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रममार्फत आलीदेखि थालीसम्म ताजा पौष्टिक खानाका साथै किसानलाई सामुदायिक खाद्य प्रणालीलाई सुदृढ गराउन लागिपर्ने बताए।

एलसीआइएफले अहिलेसम्म अनुदानमार्फत एक अर्ब दुई करोड अमेरिकी डलर ९१ खर्ब ६० अर्ब रुपैयाँ० भन्दा धेरै अनुदान सहायता वितरण गरिसकेको जनाइएको छ।

सम्बन्धित समाचार

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
  • २०८१ श्रावण ४, १२: ४८

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...

सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
  • २०८१ श्रावण ४, १२: ४८

काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...

जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी
  • २०८१ श्रावण ४, १२: ४८

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...