मधेश प्रदेश सरकारमा कांग्रेसले अर्थसहित लियो चार मन्त्रालय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मधेश प्रदेश सरकारमा कांग्रेसले अर्थसहित लियो चार मन्त्रालय

जनकपुरधाम। नेपाली कांग्रेसले मधेश प्रदेशमा अर्थसहित चार मन्त्रालय लिएर सतिशकुमार सिंह नेतृत्वको सरकारमा सहभागी भएको छ।

कांग्रेसका सांसद सुनिल कुमार यादव अर्थमन्त्री नियुक्त भएका छन्। रौतहट क्षेत्र नम्वर ३(ख)बाट निर्वाचित सांसद यादवलाई मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय दिन नचाहेपछि कांग्रेसले सरकारको विपक्षमा उभिने चेतावनी दिएको थियो।

प्रदेशमा सहमती नजुट्दा केन्द्रमै नेताहरुले अर्थ कांग्रेसलाई दिने निर्णय गरेको बुझिएको छ। कांग्रेसले अर्थ मन्त्रालय पाउनुलाई ठूलो जितको रुपमा लिएको छ।

कांग्रेस सांसद जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्।

कांग्रेसको मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले नवनियुक्त मन्त्रीहरुलाई खादा र अविर लगाएर बधाई दिएका थिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ४, १३: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण ४, १३: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ४, १३: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...