आचरण र मर्यादाविपरित अमेरिकी दूतावासलाई पत्र लेख्ने उपसभामुख राना बिबादमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आचरण र मर्यादाविपरित अमेरिकी दूतावासलाई पत्र लेख्ने उपसभामुख राना बिबादमा

काठमाडौं। उपसभामुख इन्दिरा रानामगरले संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासलाई संसदसँग सरोकार नै नभएका व्यक्तिहरुलाई भिसा (प्रवेशाज्ञा) उपलब्ध गराउन भनी लेखेको पत्र सार्वजनिक भएसँगै बिबादमा तानिएकी छन्।

काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन्।

उपसभामुख रानामगरले सन् २०२३ फेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेककी थिइन्।

उनको सो पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ।

रानाले दुताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन्।

उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो।

उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उनले सिफारिस गरेका व्यक्तिहरु संसद र संसद सचिवालयसँग सम्बन्धि नरहेका व्यक्ति हुन्।

विभिन्न सञ्चारमाध्यममा उनले आफुले अन्जानबस सिफारिस गरेको प्रतिक्रिया दिएपनि यस प्रकरणमा उनको यो प्रतिक्रियाले आक्रोस जन्माएको छ।

उपसभामुख जस्तो संवैधानिक पदमा बसेको व्यक्तिले संचारमाध्यममा व्यक्त गरेको तर्कलाई धेरैले बचपना भनेर प्रतिक्रिया दिएका छन्।

सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिदै यो गम्भीर विषय भएको बताएका छन्। उपसभामुख संबैधानिक परिषदको सदस्य समेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ।

आफ्नो पद, प्रतिष्ठा, गरिमा र हैसियतलाई विर्सिएर उपसभामुख रानामगरले असम्वन्धित व्यक्तिहरुलाई गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन सिफारिसलाई आचरण

र मर्यादा विपरित भएको बताइन्छ।

गैरसरकारी संस्थाको स्वार्थका लागि उपसभामुख जस्तै संवैधानिक पदमा रहेको व्यक्तिले गरेको क्रियाकलापले संसदको गरिमामाथि नै प्रश्न उठेको सांसदहरुले टिप्पणी गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ४, १३: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण ४, १३: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ४, १३: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...