सभामुखले शहरी विकास मन्त्री र सचिवसँग जानकारी लिए – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
संसद् भवन निर्माणको ढिलाइः

सभामुखले शहरी विकास मन्त्री र सचिवसँग जानकारी लिए

काठमाडौं। देशको प्रशासनिक केन्द्र सिंहदरबार परिषरमा निर्माणाधिन संघीय संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्।

साउन २ गते अपरान्ह ४ बजे जानकारी बिना आकस्मिक निरिक्षणमा गएका सभामुख घिमिरेले निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको देखेका थिए।

पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए।

तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइएको थियो। हालसम्म ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जनाएको छ।

कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण व्यवसायीले त्यसको २ वर्षपछि पनि सोही कारण देखाउँदै आएको छ।

यस बिषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव मणिराम गेलाल, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएर छलफल गरेका छन्।

सो अवसरमा सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधानमन्त्री समेत रहेका शहरी विकास मन्त्री प्रकाशमान सिंह, प्रतिनिधिसभाकी उपसभामुख ईन्दिरा राना, राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले मन्त्रालयका सचिव मणीराम गेलाले निर्माणधिन संसद भवनको प्रगतिको वारेमा जानकारी दिएका थिए।

साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी २०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण गरिने संसद भवनको शिलान्यास गरेका थिए।

निर्माण कम्पनीले २०७७ मा कोभिडको कारण देखाउँदै एक वर्ष म्याद थप गरे पनि त्यसपछि पनि म्याद मात्रै थप्दै आएको छ भने अझै पनि ८२ प्रतिशतभन्दा बढी प्रगति भएको छैन।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ४, १५: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण ४, १५: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ४, १५: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...