
काठमाडौं। बंगलादेशमा स्वतन्त्रता सेनानीका परिवारलाई राज्यले दिएको आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु लागू गरेको छ।
शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि सरकारले शनिबारदेखि देशव्यापी कफ्र्यु घोषणा गरेको हो। सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको बताए।
आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ। सार्वजनिक सडकमा दर्जनौं सवारी साधन र सरकारी कार्यालयमा आगजनी गरिएको छ।
बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन गरिरहेका छन्।
बंगलादेशमा हिंसा भड्किएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु स्वदेश फर्कने भएका छन्। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई तत्काल फिर्ता ल्याउने प्रवन्ध गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा “बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्। ती विद्यार्थीका परिवारसँग आज भेट भयो। परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ।”
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन्।
बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।
काठमाडौं : स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ । भण्डारीलाई प्रहरीको केन्द्रीय...
काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...