
काठमाडौं। मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन्। उनी अर्बपति व्यापारी पनि हुन्।
६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताएका छन्।
मलेसियामा आफ्नो प्रकारको अनौठो राजतन्त्र छ जसमा सिंहासनको जिम्मेवारी नौ राज्यका शाही परिवारहरू बीच चक्रिय पद्धतिमा चल्ने गर्छ।
प्रत्येक राजालाई पाँच वर्ष शासन गर्न दिइएको छ। वर्तमान राजा देशको जोहर प्रान्तका हुन्। उनीसँग पाँच अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको बताइएको छ।
मलेसियामा, राजाको भूमिका मुख्यतया औपचारिक हुन्छ, तर संसदीय गतिरोधको अवस्थामा उनले राजनीतिक प्रणालीमा हस्तक्षेप गर्न सक्छन्।
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...