सौर्य एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि आगो लाग्योः १५को शव निकालियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सौर्य एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि आगो लाग्योः १५को शव निकालियो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बुधबार विहान करिव ११ बजे उडान भर्न लाग्दा धावनमार्गमा चिप्लिएर आगो लागेको सौर्य एयरलाइन्समा सवारमध्ये १५ जनाको शव निकालिएको छ।

नेपाली सेनाका सुचना अधिकारी गौरवकुमार केसीकाअनुसार १५ जनाको शव निकालिएको हो। अन्यको खोजी तथा उद्धारकार्य जारी छ।

परिक्षण उडानका लागि पोखरा जान लागेको जहाजमा सौर्य एयरलाइन्स र विमानस्थलका अन्य कर्मचारी रहेको बताइएको छ।
घटनास्थलबाट ४ जना घाइतेलाई अस्पताल लगिएको छ।

विमानस्थल प्रहरीका डीआईजी रामदत्त जोशीका अनुसार जहाज काठमाडौंबाट उड्न लागेको थियो। धावनमार्गबाट चिप्लिएको जहाजमा आगो लागेको थियो। आगो निभाउने प्रयास गरे पनि सुरक्षाकर्मीहरुले जहाजमा रहेका अधिकांसलाई बचाउन सकेनन्।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई भनृ उद्धार गरेर काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)मा भर्ना गरिएको छ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना भएको खबर आएको छ।

जहाज मर्मतका लागि पोखरा लान खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो। अग्नि नियन्त्रकहरूले चार जनालाई उद्धार गरी अस्पताल लगेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको आफ्नै ह्याङ्गर नभएको र मर्मतका लागि केही दिन लाग्ने भएका कारण जहाज पोखरा लान खोजिएको थियो। जहाजमा प्राविधिक धेरै कर्मचारी रहेको बताइएको छ।

बम्बार्डियरको सीआरजे–२०० जहाजमार्फत सौर्य एयरलाइन्सले विराटनगर र भद्रपुरमा दैनिक ३–३ वटा नियमित उडान भर्दै आएको थियो।

विमानस्थलले उपलब्ध गराएको एक सूची अनुसार जहाजमा यात्रारत १७ जना थिए।

हेर्नुस् सूची –

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ९, १३: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण ९, १३: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ९, १३: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...