कारबाही सिफारिस गरिएका ज्वारचन सौर्य जहाज दुर्घटना जाँच आयोगको सदस्यमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कारबाही सिफारिस गरिएका ज्वारचन सौर्य जहाज दुर्घटना जाँच आयोगको सदस्यमा

काठमाडौं। सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रकरणको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

समितिमा नेपाल एयरलाइन्सको वाईडबडी जहाज सि चेक गर्न इटाली लैजाँदा नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति नलिएको भन्दै कारबाहीको सिफारिसमा परेका क्याप्टेन दिपु ज्वारचनलाई समितिमा राखिएको छ।

दुर्घटना जाँच समितिमा श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन्।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

एक महिना अघि असार ११ गते वाइडबडी जहाज सी–चेक (विस्तृत मर्मत सम्भार)मा भएको लापरबाही तथा कम्पनी छनोटमा भएको लापरबाहीका कारण नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना निलम्बनमा परेका थिए।

सी–चेकका लागि बिना अनुमति वाइडबडी जहाज दुबई हुँदै इटाली पु¥याएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमका अध्यक्ष अधिकारी, अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको थियो। क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई समेत काममा रोक लगाइएको थियो।

तर, सी–चेक प्रकरणमा कारबाही भोगिसकेका दिपु ज्वारचनलाई हिजो(बुधबार) भएको सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन समितिमा राखिएको छ।

यद्यपि ग्राउन्ड क्लास लिने सर्तमा ज्वाचनमाथिको कारबाही फुकुवा भइसकेको छ। तर पनि नागरिक उड्डयन प्राधिकरणको मापदण्ड विपरीत वाइडबडी जहाजलाई सी–चेकका लागि इटाली पुर्याउदै गम्भीर लापरबाही गर्ने व्यक्तिलाई नै छानबिन समितिमा राखिएको पाइएको छ।

हिजो बिहान बिहान ११ः११ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको ९एन–एएमई कलसाइनको जहाज विमानस्थलमै दुर्घटना भएको थियो।

दुर्घटनामा को पाईलटसहित १८ जनाको निधन भएको छ भने पाइलट मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। उक्त विमान पनि सी– चेकका लागि पोखरा लगिदै थियो ।

बुधबारको मन्त्रिपरिषद बैठकले आगामी दिनमा दुर्घटना हुन नदिन हाल संचालनमा रहेका विमानको अनिवार्य प्राविधिक परिक्षण गर्ने र नागरिक उडड्यन प्राधिकरणले सो को अनुगमन गर्न निर्देशन दिएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण १०, १४: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण १०, १४: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण १०, १४: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...