
काठमाडौं। बुधबार बिहान ११ बजेर ११ मिनेटमा दुर्घटना भएको सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमानका पाईलट मनिषरत्न शाक्यले जहाज टेकअफ गर्नासाथ नियन्त्रणवाहिर गयो।
पोखरा उडानको क्रममा उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको जहाजका पाईलट शाक्यको हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भईरहेको छ।
चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ (कोटेश्वरतर्फ) बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो।
दुर्घटना पर्ने बित्तिकै जीवितै उद्धार गरिएका क्याप्टेन शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको र हिँजोभन्दा आज उनको अवस्थामा बढी सुधार भएको अस्पतालले जनाएको छ।
उनी बोल्न सक्ने अवस्थामा रहेको र आफन्तसँग कुरा गरेको अस्पतालले जनाएको छ। क्याप्टेन शाक्यको निधार र आँखामा चोट लागेको थियो।
क्याप्टेन शाक्यले काठमाडौं मेडिकल कलेज (केएमसी)की मेडिकल डाइरेक्टर डा.मीना थापासँग दुर्घटनाबारे कुराकानी गर्दै विमान टेकअफ गरेर ५०÷१०० मिटर माथि पुगेपछि नियन्त्रणबाहिर गएको बताएका छन्।
‘विमान तल झरेपछि आफू बाहिर निस्केको र सास फेर्न गाह्रो भइरहेको अवस्थामा आफूलाई रेस्क्यू गरेर अस्पताल ल्याइएको’ भनी बताएको शाक्यको भनाई उद्दृत गर्दै डा थापाले जनाइन।
शाक्य भाग्यले बाँचेको भन्दै खुसी भएको बताइएको छ। उनको एमआरआईको रिपोर्ट आएपछि आइसीयूबाट बाहिर निकाल्ने तयारी भएको बताइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...