
काठमाडौं। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको गएराति निधन भएको छ।
उनको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। मेयर नकर्मीको निधन भएपछि आज कीर्तिपुर नगरपालिका भर शोक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवप्रसाद ढकालले बताए।
उनको पार्थिव शरीर आज बिहान ९ बजेदेखि नगरपालिकामा राखिएको छ। आज २ बजेसम्म नगरपालिकामा राखेर श्रद्धाञ्जली अर्पण गरिने र त्यसपछि अन्त्येष्टि गरिने ढकालले जानकारी दिए।
नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए।
मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए।
मेयर नकर्मी नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका उपसभापति समेत हुन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...