बागमती प्रदेश सरकारमा कांग्रेसबाट थपिए ४ मन्त्री, १३ मध्ये १२ ले पाए यी मन्त्रालय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
प्रभात लामा भए आर्थिक मामिला मन्त्री

बागमती प्रदेश सरकारमा कांग्रेसबाट थपिए ४ मन्त्री, १३ मध्ये १२ ले पाए यी मन्त्रालय

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरी १४ सदस्यीय बनाएका छन्।

मुख्यमन्त्री लामाले बिहीबार नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेसँगै प्रदेश मन्त्रीपरिषद् १४ सदस्यीय भएको छ।

मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा ललितपुरका मीनकृष्ण महर्जन, काठमाडौंका सुरजचन्द्र लामिछाने र विमल ठकुरी र सिन्धुपाल्चोकका प्रभात तामाङ छन्।

नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयसमेत तोकिएको छ। जसमध्ये महर्जनलाई युवा तथा खेलकुद, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि मन्त्रीमा नियुक्त भएर बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको मन्त्रालय अझै टुंगो लागेको छैन।

प्रदेश मन्त्री कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन।

१४ सदस्यीय मन्त्रिपरिषद्मा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण ११, १३: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण ११, १३: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण ११, १३: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...