
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी ओली नेतृत्वको सरकारलाइ ११ बुँदे सुझाव दिएका छन्।
प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले आफ्नै दलसमेत संलग्न सरकारलाई ११ बुँदे सुझाव दिएका हुन्।
महामन्त्री शर्माले हवाई र सडक दुर्घटना न्यूनीकरण गर्न के कस्तो प्रशासनिक र व्यावहारिक निर्देशिका बनाउन र बन्दोबस्त मिलाउन जरुरी छ, त्यसका लागि कानुनमा सुधार चाँडो गरी आवश्यक विधेयक संसद्मा पेस गर्न सुझाव दिएका छन्।
सार्वजनिक सेवाको क्षेत्रमा हुने ढिलासुस्ती, लामो लाइन र बेथितिको अवस्था अन्त्य गर्न सरकारले तदारुकता राखे नागरिकले राहतको सास फेर्ने शर्माले दोश्रो सुझाव दिएका छन्।
उनले बुटवल–नारायणघाट सडक, काठमाडौं–तराई÷मधेस द्रुतमार्ग‚ बिर्तामोड–भद्रपुरको बाटो, भेरी–बबई र सिक्टा सिँचाइजस्ता वा राष्ट्रिय गौरवका अरू परियोजनामा असारे विकास रोकेर कामको गति बढाउनमा सरकारले ध्यान दिनुपर्ने भनी तेश्रो सुझाव दिएका छन्।
विकासको नवीन योजना खोजी गरी पुँजीगत बजेट खर्चको व्यवस्थित प्रबन्धका निम्ति सरकारले घोषणा गरेबमोजिमको कानुन संसद्मा ल्याउन, स्वास्थ्य बिमाको क्षेत्रमा देखिएका अफ्ठ्यारालाई अन्त्य गरेर सबै नेपालीलाई बिमाको दायरामा ल्याउने गरी नीति र गति अघि बढाउन शर्माले आग्रह गरेका छन्।
पोखरा र भैरहवाको एयरपोर्टबारे सरकारले कसरी ऋणमुक्त हुने र नाफामा लैजाने भन्ने धारणा अविलम्ब तयार गरेर अघि बढाउन र ‘बूढीगण्डकी जस्तो गेम चेन्जर योजनामा लगानी मोडलको टुंगो अविलम्ब गर्न शर्माले सुझाव दिएका छन्।
‘अन्तर्राष्ट्रिय मैदानमा हाम्रा खेलाडीहरू राम्रोसँग चम्किइरहेका छन्। तर, राम्रो रंगशाला निर्माण नभएको गुनासो लामै समयदेखि रहेको छ’, उनले थपे, ‘सरकारले आवश्यक बजेट रकमान्तर गरेर, विशेष राष्ट्रिय प्राथमिकता किटान गरेर यसलाई सम्बोधन गरोस्।’
नेपालको एक मात्र त्रिदेशीय नाका काँकडभिट्टामा अझै अध्यागमन कार्यालय सञ्चालन नभएको र त्यसले व्यापार, पर्यटन, राजस्व सबैमा गम्भीर असर गरेको भन्दै अविलम्ब भारतीय पक्षसँग संवाद गरेर काँकडभिट्टा नाका खुलाउन शर्माले जोड दिए।
उनले अव्यवस्थित बसोबासी, सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्न आयोगले काम अघि बढाइरहेको तर सरकार फेरबदलपछि त्यो अस्थिरताको चपेटामा परेकाले अदालतले गरेको आदेशबमोजिम आयोगलाई कार्य गर्ने वातावरण अविलम्ब निर्माण गर्न सुझाव दिएका छन्।
उनले संघीयतालाई बलियो र जनमुखी बनाउन अझै कतिपय अधिकारसँग सम्बन्धित विधेयक टुंग्याउन बाँकी रहेको जनाउँदै भने ‘शिक्षक र कर्मचारीका माग सम्बोधन हुने गरी विद्यालय शिक्षा विधेयकलाई निष्कर्षमा पु¥याउन सरकारले ध्यान पु¥याओस्।’
शर्माले सहकारीको रकम ठगीबाट प्रताडित लाखौँ नेपालीले नयाँ सरकारको गतिविधि नियालिरहेको र छानबिन समितिले गर्ने अध्ययनबाहेक संघीय सरकारले सम्पादन गर्नुपर्ने भूमिकामा खरो उत्रिएर पीडितलाई बचत र न्याय दिलाउन प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
‘यी सबै काम व्यवस्थित ढंगले सम्पादन गर्न जरुरी छ सुशासन ! सरकारको मुख्य परीक्षा त्यसमै छ । भ्रष्टाचारका जे जति मुद्दा चर्चामा छन्, सरकारले कुनै मोलाहिजाबेगर त्यसमा कठोर ढंगले कदम चाल्न जरुरी छ’‚ उनले भने।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...