
काठमाडौं। सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारीको रकम ठगी गरी फरार भएको आरोपीहरुको तत्काल खोजी गरी पक्राउ गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ।
सिंहदरबारस्थित सङ्घिय संसद् सचिवालयमा सोमबार बसेको विशेष समितिको बैठकले यस्तो निर्देशन दिएको हो।
समितिको बैठकमा देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन समितिले गृहमन्त्री लेखकलाई निर्देशन दिएको हो।
छानबिन समितिका संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेल चलान भएकाहरुको बयान लिन सहजीकरण गरिदिन गृहमन्त्री लेखक समक्ष आग्रह गरे।
गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पारे। “सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। यसका लागि सरोकारवासँग छलफल भइरहेको छ”, उनले भने, “यो विशेष समितिका निर्णयहरु सरकारका लागि मार्गनिर्देशक बन्ने छन्।”
समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे। सहकारीको बचत रकम हिनामिना गरी फरार भएकालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थालिएको पनि गृहमन्त्री लेखकले जवाफ दिए।
बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि बैठकमा सहभागी थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...