
रोल्पा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निरन्तर साथ दिँदै आएका रोल्पाका ६५ वर्षीय कृष्णबहादुर घर्तीमगर लुम्बिनी प्रदेश प्रमुख भएका छन्।
रोल्पाको घर्तीगाउँमा जन्मिएका घर्तीले २०३६ सालको विद्यार्थी आन्दोलनमा लागेसँगै नेविसंघबाट राजनीति सुरु गरेका थिए।
२०४७ मा कांग्रेस रोल्पाको जिल्ला कार्यसमिति सदस्य हुँदै सचिव बनेका घर्ती ०४९ मा साबिक घर्तीगाउँ गाउँ विकास समितिको अध्यक्ष भएका थिए।
जिविस सभापतिमा तत्कालीन संयुक्त जनमोर्चाका झक्कुप्रसाद सुवेदीसँग पराजित भएपछि घर्तीले२०५० सालदेखि लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाउँदै आएका छन्।
नेपाली कांग्रेस विभाजन भएर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उनी जिल्ला सभापति भएका थिए। घर्ती २०४८ देखि २०७२ सम्म महासमिति सदस्य थिए।
२०५९ देखि प्रजातान्त्रिक कांग्रेसमा लागेका घर्ती ०५९ मा आमन्त्रित केन्द्रीय सदस्य र पछि केन्द्रीय सल्लाहकार भए।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका नातेदार घर्तीले पार्टीको १२औं महाधिवेशनमा उनै पुनलाई हराउँदै जिल्ला सभापतिमा निर्वाचित भएका थिए।
कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा माडी गाउँपालिका वडा नं २ मा वडामै पराजित घएका घर्ती
माओवादीको आधार इलाका मानिएको रोल्पामा कांग्रेसलाई जोगाइराख्न सशस्त्र युद्धको समयमा ज्यानको बाजि थापेर रोल्पामा बस्दै आएका थिए।
मगर समुदायको उल्लेख्य जनसंख्या भएको र इतिहासमा मगरात क्षेत्र भनेर चिनिने तथा माओबादी हिंसामा सर्वाधिक कांग्रेस कार्यकर्ता प्रताडित रोल्पाबाट घर्तीलाई प्रदेश प्रमुख बनाएर नेपाली कांग्रेसले लुम्विनी प्रदेश र मगर समुदायको भावना जित्ने प्रयास गरेको देखिन्छ।
कांग्रेसले संघीय सरकारमा एक जना पनि लुम्विनी प्रदेश र मगर समुदायबाट प्रतिनिधित्व गराउन नसकेको भन्दै पार्टी भित्रै चरम आलोचना हुँदै आएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...