गृहको सचिवमा विनोद सिंहको सरुवा, अन्य चार सचिवको जिम्मेवारी हेरफेर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

गृहको सचिवमा विनोद सिंहको सरुवा, अन्य चार सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं। सरकारले गृह मन्त्रालयका सचिवसहित ५ जना सचिवको सरुवा गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सरकारका प्रमुख सचिव विनोद सिंहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। गृहका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायालाई वाणिज्य मन्त्रालयमा र वाणिज्य सचिव डा.गणेश पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ।

अख्तियारको सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिइएको छ।

सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकसमेत परिवर्तन गरेको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव ताराप्रसाद अधिकारीलाई विभागको महानिर्देशक बनाइएको छ।

विभागका महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ। विभाग प्रधानमन्त्रीको कार्यालय मातहत पर्दछ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण १५, १८: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण १५, १८: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण १५, १८: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...