
काठमाडौं। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले चिनियाँ राजदूत छन् सोङले कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।
गत असार २८ गते चितवनको सिमलतालबाट त्रिशूलीमा खसेर हराएका दुईवटा बस खोजीलाई लिएर चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा स्ट्याटस लेखेको विषयप्रति सांसद खतिवडाले अपत्ति जनाएका हुन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्ने उनले चिनियाँ राजदूतको नाम नलिई छिमेकी मित्रराष्ट्रका राजदूतले कूटनीतिक मर्यादा र आचारसंहिता विपरीत अभिव्यक्ति दिएको बताए।
‘सर्च गर्ने टोलीलाई गुडलक अल द सर्च टिम भनेर ट्वीटर (हाल एक्स) मा लेख्दै बस नखोज चुम्बक खोज भन्ने गरिएको छ। कमसे कम नेपाललाई आपत् पर्दा सहयोग गरौँ, मानवीय संवेदनाबारे बोलौँ, अप्ठेरो परेका बेला हाँसीमजाकमा नउडाऔँ म अनुरोध गर्न चाहन्छु’, सांसद खतिवडाले भने ।
उनले यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग स्पष्टीकरण लिनुपर्ने पनि बताए। मुग्लिन–नारायणगढ सडकको सिमलतालबाट असार २८ गते राति लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूलीमा खसेको थियो।
बस खोज्न भारतबाट समेत गोताखोरहरू मगाइएको थियो। भारतीय गोताखोरले चुम्बकको सहायताले बस खोज्ने क्रममा चुम्बक नै हराएको थियो। सोही विषयमा टिप्पणी गर्दै चिनियाँ राजदूत सोङले चुम्बक खोजौँ भन्ने स्ट्याटस लेखेका थिए। तर सो चुम्वक फेला परिसकेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...