
हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएसँगै प्रदेशसभाबाट विश्वसको मत पाएका छन्।
बागमती प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ। नेपाली काँग्रेसका ३७ र नेकपा एमालेका २७ गरी ६४ सांसदले प्रस्तावको पक्षमा मत दिएका हुन्।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका जिए।
नेमकिपा तटस्थ बसेको छ। आजको प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...