
काठमाडौं। सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवाको नाम अगाडि सारिएको छ।
शुक्रबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले दलको नेता टुंगो लगाउने र नेता देउवालाई बनाउने तयारी भएको स्रोतले बतायो।
नेपाली कांग्रेसका शीर्ष नेताबीच भएको सहमति बमोजिम पूर्वमुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको हो।
देउवा सुदूरपपश्चिम सरकारको पूर्वभौतिक पूर्वाधार विकास मन्त्री हुन्। उनको पक्षमा बहुमत सदस्यहरू हुने दाबी भएकाले सकभर सहमतिमै दलको नेता छान्ने तयारी भएको छ।
कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह, पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, बहादुर सिंह थापा र दिवान सिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन् ।
नेपाली कांग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद कांग्रेसको भागमा परेको थियो।
सुदूरपश्चिममा नेपाली कांग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन् भने एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्।
सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ। कांग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन्।
नागरिक उन्मुक्ति पार्टी(नाउपा)का सात जना प्रदेश सभा सदस्यहरू छन्। नाउपाले कांग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने निर्णय गरेको छैन।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...