मुख्यमन्त्री सोडारीको राजीनामापछि नयाँ सरकार गठनका लागि आव्हान – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मुख्यमन्त्री सोडारीको राजीनामापछि नयाँ सरकार गठनका लागि आव्हान

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले प्रदेश सभामा रहेका दलहरुलाई सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका छन्।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको हो।

नेकपा एमालेसँगको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेसले मुख्यमन्त्री पद लिने भएको छ। त्यहाँ पूर्वमुख्यमन्त्री कमल शाह र सांसद प्रकाश देउवासहितका नेताहरू मुख्यमन्त्रीको दौडमा छन्।

मुख्यमन्त्री सोडारीले शुक्रबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

विश्वासको मत लिन डाकिएको बैठकमा सोडारीले सम्बोधन गरेर राजीनामा दिएका हुन्। नेकपा एमालेले असार २० गते सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरूबीच निकै आशा गरेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने बताए।

सोडारीले सय दिनभन्दा बढी प्रदेश सरकारमा बस्दा निकै राम्रा काम भएको दाबी गरे। केन्द्रमा भएको सत्ता समीकरण फेरबदलसंगै प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २०, १२: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २०, १२: २६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २०, १२: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...