कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २५ र २६ गते गर्ने तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक सूचना निकालेर बोर्डले भदौ २५ र २६ गतेका लागि परीक्षा तय गरेको जानकारी दिएको हो। २५ गते अनिवार्य अंग्रेजी , एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरूमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

तर, अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिर्वाय अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपालीको परीक्षा दिनुपर्नेछ।

भदौ २६ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा तोकिएको छ।

पूरक परीक्षा सहभागी हुनका लागि भदौ १४ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कबापत छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्नुपर्नेछ ।

उक्त अवधिमा जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि भदौ १८ गतेसम्म बिलम्ब शुलकसहित प्रति विद्यार्थी १२ सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ १९ गते कार्यालय समयभित्र रकम जम्मा गरेको भौचरसहितको बोर्डको सम्बन्धित कार्यालयहरूमा आवेदन बुझाइसक्नुपर्नेछ।

अन्य विषयमा ग्रेडिङ प्राप्त गरी दुई विषयमा नन ग्रेडिङ भएका वा अनुपस्थित भएका परीक्षार्थीले मात्र पूरक परीक्षामा सहभागी हुन पाउने छन्।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८१ श्रावण २०, १२: ३९

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८१ श्रावण २०, १२: ३९

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८१ श्रावण २०, १२: ३९

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...