
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरी नेपाल सरकारका पूर्वसचिव देवेन्द्र कार्की र पूर्वसहसचिव महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिपक खड्काले मन्त्रिस्तरीय निर्णयबाट दोलखा तामाकोशी गाउँपालिका–२ स्थायी घर भएका नेपाल सरकारका पूर्वसचिव कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका–७ स्थायी घर भएका पूर्वसहसचिव गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो।
उनीहरूलाई नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत् उपभोक्तामध्येबाट गुरुङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।
ऊर्जा मन्त्री खड्काको साउन १८ शुक्रबारको निर्णयअनुसार कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्यमा मनोनीत गरिएको हो।
नवनियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक हुन्। यसरी प्राधिकरणको नियामक निकायको प्रमुख भएका दुबै व्यक्तिले प्राधिकरणको सदस्य पद स्वीकार गर्नुलाई रहस्मय ढंगले हेरिएको छ।
यसमा उनीहरुको स्वार्थ लुकेको हुन सक्ने प्रस्ट देखिन्छ। सरकारले यसअघि प्राधिकरण संचालक समितिका सदस्यद्वय
भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टिकरण सोधेको र चित्त नबुझेको भन्दै बर्खास्त गरेको थियो।
पुन र आचार्य दुबै पूर्ववर्ती सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको पालामा नियुक्त भएका थिए।
दुबै सदस्यले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा लिएर शुल्क नतिर्ने ठूला ६ उद्योगमा बन्द गरिएको विद्युत आपूर्ती सुचारु गर्न सरकारले दिएको निर्देशन पालना नगरी सरकारलाई असयोग गरेको सरकारको निष्कर्ष छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...