
भैरहवा । अग्रज पत्रकार चेतन पन्तको गए राति निधन भएको छ।
रुपन्देहीका अग्रज पत्रकार पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो।
२ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका पन्तको निधन भएको हो।
छापा माध्यमबाट पत्रकारिता प्रारम्भ गरेका पन्त टेलिभिजन पत्रकारिता हुँदै डिजिटल पत्रकारिता र फोटो पत्रकारितमा समेत सक्रिय थिए।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय ६६ वर्षीय स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...