काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक उड्डयन व्यवस्थापन पढाइ शुरु गर्ने – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक उड्डयन व्यवस्थापन पढाइ शुरु गर्ने

धुलीखेल। काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलमा उड्डयन व्यवस्थापन (एभिएसन म्यानेजमेन्ट) विषयमा पढाइ हुने भएको छ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा स्नातक तहमा पढाइ हुने भएको हो।

भेञ्चरका अध्यक्ष रामेश्वर थापाअनुसार चार वर्षे तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ।

चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्व र मानव संशाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने जनाइएको छ।

काठमाडौं विश्वविद्यालय (केयू)का उपकुलपति डा‍.भोला थापाले आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण शुरु गर्न लागेको जानकारी दिए।

‘नेपालमा यो पहिलो प्रयास हो, हामी नेपालमा यो विषयमा दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वस्त छौँ’, उनले भने। यो वर्ष ३३ विद्यार्थी भर्ना गर्ने तयारी केयूले गरेको जनाइएको छ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८१ श्रावण २१, १५: १९

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८१ श्रावण २१, १५: १९

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८१ श्रावण २१, १५: १९

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...