कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख, कुनमा विभागमा को को? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख, कुनमा विभागमा को को?

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसले ३७ विभागको प्रमुख तोकेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संस्थापन र संस्थापनइतर पक्षबाट प्रतिनिधित्व हुने गरी विभाग प्रमुखहरू मनोनित गरेका हुन्।

कांग्रेसको विधानले विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई दिएको छ। महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था भए पनि सभापति देउवाले महाधिवेशन भएको २० महिनापछि विभाग गठन गरेका हुन्।

कांग्रेसमा ७० वटा विभाग छन्। यसअघि १७ वटा विभागका प्रमुख तोकिसकिएको छ।

कुन विभागको प्रमुखमा को ?

राज्य प्रशासन विभाग – गोविन्द भट्टराई
स्थानीय तह समन्वय विभाग – मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग –मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग – चन्द्रबहादुर के.सी.
संसदीय मामिला विभाग – गोविन्दबहादुर शाह
कानून विभाग – मानबहादुर नेपाली
विद्यार्थी विभाग – राजीव ढुंगाना
पेशागत तथा वुद्धिजीवी विभाग – डा.डिला संग्रौला
शिक्षा विभाग – नैनसिंह महर
स्वास्थ्य विभाग – डा.चन्द्रमोहन यादव
निर्माण व्यवसाय समन्वय विभाग – मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग – शिवप्रसाद हुमागाँइ
कृषि तथा किसान विभाग – उमेश श्रेष्ठ
खेलकूद विभाग– उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग – तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग – विद्यादेवी तिमिल्सीना
दलित समुदाय समन्वय र सशक्तिकरण विभाग – लक्ष्मी परियार
द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग – कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग – मैकुलाल वाल्मिकी
वित्तिय संस्था समन्वय विभाग– कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग– सुशीला मिश्र भट्ट
भू.पू. सैनिक विभाग – महेन्द्र कुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग – प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग – अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग – हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग– नृपबहादुर वड
मानव अधिकार विभाग –धना खतिवडा
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग – कल्याणकुमार गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग –अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग – डा.जीवन राना
नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग – लक्ष्मी खतिवडा
व्यवसायिक सिप विकास विभाग – गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग – डा.गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग – अर्जुनप्रसाद जोशी
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग – अजयवावु शिवाकोटी
धर्म–संस्कृति समन्वय विभाग – ध्यानगोविन्द रञ्जित
पूर्वआप्रवासी समन्वय विभाग – दिनेश कोइराला

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २२, १४: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २२, १४: ४३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २२, १४: ४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...