
ढाका। बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टीकी नेतृ बेगम खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले पूर्वप्रधानमन्त्री जियालाई तुरुन्त रिहा गर्न आदेश दिएका हुन्।
सोमबार राष्ट्रपतिले राखेको बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामीक पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए।
बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि सोमबार अपराह्न सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर सेनाले कामचलाउ सरकार बनाउने बताएका थिए। सोमबारको प्रदर्शनमा मात्रै २० जनाको मृत्यु भएको थियो।
७८ वर्षीया जियालाई सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो।
जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। उनी सन् २००१ देखि २००६ सम्म पुनः प्रधानमन्त्री बनेकी थिइन्।
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...
काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...