देश छाडेर भागेकी शेख हसिना राजनीतिमा नफर्कने छोराको भनाई – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

देश छाडेर भागेकी शेख हसिना राजनीतिमा नफर्कने छोराको भनाई

काठमाडौं। बंगलादेशको प्रधानमन्त्री पदबाट राजिनामा दिएर भागेकी शेख हसिना वाजेदका छोरा साजिब वाजिब जोयले आफ्नी आमा अब राजनीतिमा नफर्कने बताएका छन्।

बिबिसीसँग कुरा गर्दै साजिबले केही मानिसहरुको भिडले आमालाई सत्ताबाट बाहिर पुर्याएको र अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन्।

उनले भने ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन्। उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एशियाको उदीयमान बाघको रूपमा हेरिएको छ।’

सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने?’ साजिबले भने– ‘अब आमाको राजनीतिक पुनरागमन सम्भव छैन।’

उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षकी भइन। उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे। मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन्।’

आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुदा हसिनाले सोमबार पदबाट राजीनामा दिदै देश छोडेर भारतको अगरतला पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले जनाएका छन्।

सम्बन्धित समाचार

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८१ श्रावण २२, १५: ५९

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
  • २०८१ श्रावण २२, १५: ५९

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...

संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  • २०८१ श्रावण २२, १५: ५९

काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...