
बागलुङ। अविरल वर्षाका कारण जिल्लाको विभिन्न भागमा आएको पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ।
बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बडीगाड गाउँपालिका १० की ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२÷१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विक रहेकी छिन्।
यस्तै वडा नम्बर ९ बलघाँसकी १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ। घाइते हुनेमा संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा रहेका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...