सत्ता र शक्तिको दुरुपयोग गर्दै पूर्वाग्रह साँध्दै दमकका मेयर थापा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
अदालतमा विचाराधिन मुद्दालाई बेवास्ता

सत्ता र शक्तिको दुरुपयोग गर्दै पूर्वाग्रह साँध्दै दमकका मेयर थापा

झापा। दमक नगरपालिकका नगरप्रमुख (मेयर) रामकुमार थापा लामो समयसम्म व्यक्तिगत इगो राख्ने व्यक्ति हुन् भन्ने चर्चा नयाँ हैन। उनी आफ्ना विरोधीलाई ठेगान लगाउन कतिसम्मको हर्कत गर्छन भन्ने उनको पछिल्ला गतिविधिले पुष्टि गरेको छ।

उनले आफ्ना विरोधीलाई तह लगाउन पद, सत्ता र शक्ति को दुरुपयोग राम्रैसँग गरेका छन्। मेयर थापा सार्वजनिक पदमा बसेबापत उनीमाथि भएको आलोचनालाई समेत व्यक्तिगत रिसीबीका रूपमा लिने गरेका छन्।

उनी विरोधीलाई ठेगान लगाउन कतिसम्म गर्छन भन्ने पुष्टि हालै दमकमा भएका दुई घटनाले गर्छ।

यी दुई घटना हेरौँ –

दमक–७ का प्रविणकुमार राई र मेयर थापाको राजनीतिक पृष्ठभूमि एउटै हो। उनीहरु लामो समय एउटै पार्टीमा काम गरे। राई राप्रपाको केन्द्रीय सदस्यसम्म भए। तर, हाल उनी त्यो पार्टीमा छैनन्। उनी अहिले स्वतन्त्र छन्।

पार्टीमा हुँदा पनि थापा र राईको गुट एउटै थिएन। उनीहरु एकअर्काका विरोधी थिए। थापाले राईलाई देखिसहँदैन थिए। त्यसबेला देखिको राजनीतिक प्रतिशोध थापाले राईमाथि अहिले साधेँका छन्।

राईकी श्रीमती सुनिता राईको नाममा दमक–७ मा दुई कठ्ठा जमिन छ। त्यहाँ घर बनेको छैन। खाली रहेको जमिनको एक छेउ करिब १८ वर्षदेखि गल्लीको रूपमा प्रयोग हुँदै आएको थियो।

यद्यपि उक्त जग्गाको नक्सामा समेत बाटो छैन। उनको निजी जमिनमा गल्लीको रूपमा प्रयोग भएको जग्गामा केही व्यक्तिले बाटो निकाल्न माग गर्दै दमक नगरपालिकामा निवेदन दिए।

राईले आफ्नो जमिनको संरक्षण गर्न घेराबारा गरेपछि निवेदन बोकेर केही स्थानीय पुगेका थिए।

दमक नगरपालिकाको न्यायिक समितिले गत जेठ २१ गते राईको निजी जग्गामा नक्सामा समेत नभएको बाटो खोल्ने निर्णय गरेको थियो।

उक्त निर्णय यति हतारमा गरियो कि तीन दिनभित्र बाटो खोल्न राई र उनको सँधियार गोमा राई मगरको नाममा आदेश जारी गरियो। जबकि त्यहाँ कति फिटको बाटो बन्ने? भन्ने निर्णय गर्न समेत न्यायिक समिति चुकेको देखिन्छ।

त्यो निर्णयको विरुद्धमा राई जिल्ला अदालत झापामा पुनारावेदन गर्न पुगेका छन्। तर, जिल्ला अदालत झापामा विचाराधीन रहेको मुद्दामा नगरपालिकाले गरेको हर्कतले मेयर थापाले नियत प्रष्ट हुन्छ।

नगर प्रहरीलाई जबरजस्त जसरी पनि बाटो खोलेर आउनु भन्दै पटक पटक निर्देशन दिएर पठाउने गरेका थिए। पहिलोपटक थापाले जग्गा संरक्षण गर्न लगाएको घेराबारा भत्काउन नगर प्रहरीलाई निर्देशन दिए।

त्यसपछि बाटोमा ग्राभेल हाल्न नगर प्रहरीलाई टिपरसहित पठाएका थिए। तर, त्यो प्रयास भने असफल भयो।

गत बिहीबार भने व्यक्तिको जग्गामा बाटो निकाल्न नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, वडाध्यक्ष भीम पौडेललगायतको टिम इलाका प्रहरी कार्यालय दमकको प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसहितको दलबल लिएर राईका जग्गामा बाटो निकाल्न पुगे।

राईले बाटो कति फिटे हो?, अदालतमा विचाराधीन रहेको मुद्दामा किन जबरजस्ती भन्ने प्रश्न गरेपछि इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक निशान थापाको टोली पछि हट्ने तयारीमा थियो। तर, मेयर थापाले डिएसपीलाई उल्टै हप्काए।

त्यसपछि प्रहरीको टोली बाध्य भएर अघि बढ्यो। दलबलको अगाडि प्रविणकुमार राईको केही लागेन। त्यहाँ बाटोमा ग्राभेल हालेरै छाडे। मेयर थापाले बाटोमा ग्राभेल हाल्न खोला ठेक्कामा लिने आफू निकट ठेकेदार विनोद थापालाई प्रयोग गरे।

जबकि केही महिना अघि अवैध खोला खन्दा आफूलाई मेयर निकट भनेर समाचार लेखेको भन्दै विनोदले पत्रकालाई धम्क्याएका थिए।

‘ममाथि नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितको टिमले राजनीतिक पूर्वाग्रह राख्यो। सबै दलबल यहाँ केन्द्रित ग¥यो। कति फिटे बाटो बनाउने भन्दा उनीहरुसँग जवाफ नै छैन,’ प्रविणकुमार राई भन्छन्, ‘संविधानले मौलिक हक मानेको सम्पत्ति राख्ने मेरो हक हनन् भएको छ। ममाथि अन्याय भएको छ।’

स्रोतका अनुसार विगतमा एउटै पार्टीमा हुँदा राईले गरेको असहयोग र आलोचनाको बदला थापा लिन चाहान्थे। उनी त्यसका लागि उपयुक्त मौकाको खोजीमा थिए।

अहिले राई स्वतन्त्र बसेर शक्ति पनि गुमाएको अवस्थालाई उपयुक्त मौका सम्झिएर राईमाथि पदको दुरुपयोग गर्दै दलबलसहित थापा आक्रमणमा उत्रिएका हुन्।

थापा विरोधीलाई ठेगान लगाउन पदको कसरी दुरुपयोग गर्छन् भन्ने उदाहरण हेर्न दमककी व्यवसायी बिन्दु सिटौला लक्कीको घटनालाई हेर्दा पनि पुष्टि हुन्छ। उद्यमी विन्दु सिटौलाले दमक नगरपालिका– १ मा उद्योग सञ्चालनका लागि संरचना बनाएको दुई वर्ष भयो ।

आफ्नो नाममा रहेको दश कट्ठा जग्गामा पेवर ब्लक उद्योग सञ्चालनका लागि उनले त्यहाँ डेढ करोड लगानी गरिसकेकी छिन् । इको नेपाल इन्फा स्ट्रक्चर नामक कम्पनीबाट उद्योग सञ्चालनका लागि नगरपालिकामा व्यवसाय दर्ता गर्न दुई वर्षअघि उनी वडा कार्यालयमा सिफारिस लिन पुगिन् ।

वडा कार्यालयले स्थलगत सर्जिमिनका लागि कर्मचारी उद्योग स्थापना गरेको ठाउँसम्म पठायो। विन्दुलाई केही दिनमा वडा कार्यालयमा प्रमाणपत्र लिन पनि बोलाइयो । तर, त्यसपछि भने उनलाई उद्योग दर्ताका लागि प्रमाणपत्र दिनुको सट्टा उल्टै नगरपालिकाले हैरानी मात्र दियो।

नगरपालिकाले सिटौलाको नाममा रहेको साबिक मधुमल्ला ६ (ङ) मा दर्ता कायम भएको १६४ कित्ता नम्बरको जग्गा कमल गाउँपालिका– ५ मा पर्ने भन्दै सिफारिस दिन रोक्यो । यो जग्गा कमल र दमकको सीमा भएर हाल बगिरहेको रतुवा नदीको पश्चिमतर्फ पर्छ ।

विन्दु सिटौला आफ्नो जग्गा दमकमै पर्ने भन्दै निरन्तर नगरपालिकाविरुद्ध लडिरहिन् । उनले ०७३ देखि जग्गाको सम्पत्ति कर नगरपालिकालाई तिर्दै आएकी थिइन् । तर, दुई वर्षदेखि दमक– १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको निर्देशन भन्दै उनको सम्पत्ति करसमेत वडाले लिन छाडेको छ।

वडाध्यक्ष न्यौपानेले उक्त जग्गा दमकभित्र नपर्ने भन्दै उद्योग दर्ता गर्न नमानेपछि सिटौला कमल गाउँपालिका पुगिन् । कमल गाउँपालिकाले भने गत २१ वैशाखमा उक्त कित्ता नम्बरको जग्गा दमक नगरपालिकाभित्रै पर्ने भन्दै सिटौलालाई पत्र दिएको छ।

उक्त पत्र १३ असारमा सिटौलाले दमक नागरपालिकामा दर्तासमेत गराएकी छिन् । उनको पत्र नगर प्रमुख रामकुमार थापासम्म पु¥याएकी छन् । तर, उनीमाथि राजनीतिक पूर्वाग्रह कायमै छ।

सुरुमा वडाध्यक्षले काम नगरिदिए आफू गरिदिने आश्वासन दिने मेयर थापा अहिले सिटौलाको उद्योग दर्ता आफ्नो कार्यकालभरि कुनै हालतमा नगर्ने भन्दै आफूनिकटलाई भन्दै आएको सिटौला दुखेसो गर्छिन् ।

मेयर थापाले यसो गर्नुको पछाडि एउटै मात्र कारण– सिटौलाले मेयर थापाको कार्यशैलीमाथि गरेको आलोचना। विगत केही समयअघि दमक बजारको फोहोर उठेन। त्यहीबेला सिटौलासहित केही अगुवाको टोलीले दमकको फोहोर नउठेको विरोधमा ट्याक्टरमा फोहोर उठाएर दमक नगरपालिकाको कार्यालय परिषरमा लगेका थिए।

त्योबेला थापा फोहोरमा राजनीति गरेको भन्दै खुब रिसाएका थिए । त्यही कारण अहिलेसम्म पनि सिटौलाले उद्योग दर्ता गर्न पाएकी छैनन् ।

प्रविणकुमार र विन्दु त मेयर थापाको पूर्वाग्रहको सिकारका उदाहरण मात्र हुन्। दमकमा अन्य पनि यस्ता घटना छन्। मेयर थापा आलोचना सहन नसक्ने व्यक्तिमा पर्छन्। गणतन्त्रमा जनताको मत पाएर मेयर बनेका राप्रपाका प्रदेश अध्यक्ष थापाको कार्यशैली भने अझै पनि राजतन्त्र कालको टीके मेयरको जस्तै छ।

स्मरण रहोस्, ज्ञानेन्द्र शाहको सत्तारोहणपछि उनी राजाबाट मनोनित टीके मेयर पनि बनेका थिए। दमकमा रहेका पत्रकारले उनको गलत कामको आलोचना गरेर समाचार लेख्दा समेत बोलचाल नै गर्दैनन् । उनी पत्रकारलाई उल्टै आफ्नो दुस्मन सम्झन्छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २२, १८: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २२, १८: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २२, १८: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...