
लण्डन। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदलाई बेलायतले शरण नदिने भएको छ।
भारतबाट बेलायतको राजधानी लण्डन जाने योजनामा रहेकी हसिनालाई बेलायतले शरण नदिने भएपछि उनलाई अर्को झट्का लागेको छ।
बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ।
सोमबार सरकार विरोधी उग्र प्रदर्शनपछि राजीनामा दिएकी हसिना अहिले त्रिपुराको राजधानी अगरतल्लामा आश्रय लिइरहेकी छिन्।
शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले जनाएको छ।
‘आवश्यकता परेकालाई शरण दिएको बेलायतको रेकर्ड छ। तर, शरण खोज्दै आउने वा अस्थायी रूपमा शरणार्थी बन्नकै लागि आउनेलाई यात्राको अनुमति दिने कुनै प्रावधान छैन’ गृह मन्त्रालयको प्रवक्ताले भनेका छन्।
अन्तर्राष्ट्रिय सुरक्षा चाहिने व्यक्तिले आफू पुगेको पहिलो सुरक्षित देशमै शरण माग्नु पर्ने प्रवक्ताको भनाइ छ।
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...
काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...