
काठमाडौं। सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको हो।
समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन्। उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ।
काठमाडौंबाट बुधबार दिउँसो रसुवाको धुन्चेतर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित डाँडाको जंगलमा दुर्घटना हुँदा पाईलट र चार चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...