सत्ता पलटसँगै असुरक्षित बंगलादेशी भारत छिर्न खोज्दा बीएसएफले रोक्यो – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

सत्ता पलटसँगै असुरक्षित बंगलादेशी भारत छिर्न खोज्दा बीएसएफले रोक्यो

कोलकाता। बंगलादेशमा हालै भएको हिंसात्मक आन्दोलनसँगै शेख हसिना वाजेदको सत्ता पलटपछि त्यहाँ असुरक्षा बढेको छ।

हसिनाले देश छाडेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बङ्गलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमामा भेला भएका छन्।

मुस्लिम बाहुल बङ्गलादेशमा हिन्दु र हिन्दुसँग निकट भएकाहरूको स्वामित्वमा रहेका व्यवसाय र घरहरूमा आक्रमण भएपछि उनीहरुले बंगलादेश छाड्न खोजेका हुन्।

पूर्वप्रधानमन्त्री हसिनाले देश छाडेपछि हिन्दू बंगलादेशीमाथि अमानविय व्यवहार हुन थालेको भिडियोहरु सार्वजनिक भएका छन्।

सोही कारण सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दूहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएको भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमित कुमार त्यागीले बताए।

जलपाईगुडीस्थित भारत–बांग्लादेश सीमामा १ हजार भन्दा धेरै बंगलादेशी हिन्दू पुगेको भारतीय सञ्चाररमाध्यमले जनाएका छन्। तर, भारततिर छिर्न तयार भएर एकसाथ आएका उनीहरूलाई बीएसएफका जवानहरूले जलपाईगुडीनजिकै रोकिदिएका छन्।

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ श्रावण २५, १४: ०९

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ श्रावण २५, १४: ०९

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८१ श्रावण २५, १४: ०९

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...