
काठमाडौं। नेपाली आकाशमा लगातार दुर्घटनाको क्रम बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर न्यून भएका दुई होलिकोप्टर कम्पनीलाई प्रतिबन्ध लगाएको छ।
प्राधिकरणले अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाएको हो। प्राधिकरणले उडानमा प्रतिबन्ध लगाउँदै दुवै कम्पनीको उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरेको छ।
सुरक्षा व्यवस्थापन प्रणाली परिपालना दर अति नै न्यून भएका कारण प्राधिकरणले दुईवटै कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउँदै एओसी निलम्बन गरेको हो।
अन्नपूर्णसँग एउटा मात्र हेलिकोप्टर रहेको छ भने एकवर्षदेखि उडानमा नरहेको मुस्ताङसँग दुईवटा हेलिकोप्टर रहेको छ।
यसैगरी प्राधिकरणले सौर्य एयरलाइन्सको एओसीसमेत निलम्बन गरेको छ। दुईसाता अगाडि काठमाडौंबाट सी–चेकका लागि पोखरा लैजाँदै गर्दा सौर्यको जहाज काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।
पछिल्लो १५ दिनमा नेपाली आकाशमा दुई ठूला दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हवाई सुरक्षामा कडाई गर्न कठोर हुने प्रतिवद्धता जनाएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...