
काठमाडौं। मित्र राष्ट्र भारतका विदेश सचिव विक्रम मिश्री २ दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन्।
सचिव विक्रम मिश्री ११ अगस्ट (२८ साउन)मा नेपाल आउने र भोलीपल्ट फर्कने कार्यक्रम रहेको छ। विशेष विमानबाट नेपाल आउन लागेको मिश्रीले पहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ।
मिश्रीले प्रधानमन्त्री ओलीसँगै परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र समकक्षी सेवा लम्सालसँग भेटघाट गर्नेछन्।
सोही दिन साँझ होटल मेरियटमा उनले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
सोमबार साँझ होटल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरुसँग भेटघाट गर्नेछन्।
भारत फर्किनु अघि सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कर्यक्रम तय भएको स्रोतले जनायो।
गत असार ३१ गते अर्थात १५ जुलाईमा सचिव नियुक्त भयका विक्रम मिश्रीको यो दोश्रो विदेश भ्रमण हो। यस अघि उनले भुटानको भ्रमण गरेका थिए।
भारतले ‘छिमेकी पहिलो’ नीति अपनाएपछि सरकारले छिमेकी देशसँगको सम्वन्ध र सहयोगलाई पहिलो प्राथमिकता दिने गरेको छ।
काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...
हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...