रास्वपा सांसदले अन्य यात्रुसँग बिबाद गरेपछि धावनमार्गबाट फर्काइयो श्री एयरलाइन्स – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रास्वपा सांसदले अन्य यात्रुसँग बिबाद गरेपछि धावनमार्गबाट फर्काइयो श्री एयरलाइन्स

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत उडान गर्न तयार भएको श्री एयरलाइन्सको जहाजभित्र यात्रुहरुबीच होहल्ला भएपछि जहाज धावनमार्गबाट फर्काइएको छ।

आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाजलाई धावनमार्गबाट पार्किङमा फर्काइएको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले बताए।

जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गराउनु पर्छ। यात्रुका कारण उडान सुरक्षामा खतरा उत्पन्न हुने देखिएपछि जहाजलाई पाइलटले फर्काएका हुन्।

पार्किङमा फर्काइएको जहाजका यात्रुबीच मिलापत्र गरी सोही जहाज पुनः सुर्खेत उडाइएको छ।

यात्रुहरुबीच विवाद भएको भनिएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायत स्वयम् संलग्न भएको विमान संचालकहरुले बताएका छन्। सांसद कठायतकै कारण जहाज तीन घण्टा ढिलो भएको बताइएको छ।

श्री एयरलाइन्सको जहाजमा उनी र यात्रुबीच झगडा परेपछि उडान ‘डिले’ भएको थियो। जहाज बिहान ७ बजे उड्ने नियमित तालिका थियो । तर, सुर्खेतको मौसम खराब भएपछि साढे ८ बजे बल्ल बोर्डिङ सुरु भयो।

जहाज मौसम खराबीका कारण ढिलाई भएको सामान्य विषयलाई उनले ‘संसदमा कुरा उठाउने’ धम्की दिएपछि विवाद थप चर्किएको थियो। त्यस क्रममा सांसद कठायत र अन्य यात्रुबीच केही विषयमा भनाभन भएको थियो।

त्यसरी यात्रुहरुबीच झगडा भएपछि चालक दलका सदस्य र एयरलाइन्सका कर्मचारीले एयरपोर्टमा खटिएका प्रहरी अधिकृतलाई फोन गरेर बोलाएका थिए।

त्यसपछि इन्स्पेक्टर नेतृत्वको प्रहरी टोली जहाजमा पुगेर दुवै पक्षको कुरा सुनेर अवस्था सामान्य बनाएका थिए । दुवै पक्ष शान्त भएपछि जहाज १० बजेर १ मिनेटमो सुर्खेत उडेको थियो।

विमानभित्र केही यात्रुबीच विवाद भएपछि विमान फर्काइएको भनी श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरको भनाई झुटो भएको सोही विमान सवार सांसद कठायतले बताएकी छन्।

विमान ‘रनवे’बाट उड्नै लाग्दा प्राविधिक समस्याका कारणले फर्काइएको भनी जहाजका यात्रुलाई बताईए पनि एयरलाइन्सले वाहिर मिडियालाई भने यात्रुबीच बिबाद भएपछि फर्काइएको जनाएको सांसदको कठायतको गुनासो थियो।

‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो । एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, सांसद कठायतले भनेकी थिइन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २५, १७: ३५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २५, १७: ३५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ श्रावण २५, १७: ३५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...