
ढाका। प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि पाँच न्यायाधीशले पनि राजीनामा दिएका छन्।
ढाका ट्रिब्युनअनुसार यसरी राजिनामा दिने न्यायधिसहरुमा एम इनायतुर रहिम, अबु जफोर सिद्दिकी, मोहम्मद जहाँगीर हुसेन, मोहम्मद शाहिनुर इस्लाम र कशेफा हुसेन रहेका छन्।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पाँच न्यायाधीशको राजीनामा स्वीकृत गरेका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन तथा न्याय महाशाखाका सचिव मोहम्मद गुलाम सरवारले शनिबार राजपत्रमा सूचना जारी गरी सो जानकारी दिएका हुन्।
न्यायाधीशहरुले हिजो साँझ कानून मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन्।
यसअघि शुक्रबार दिउँसो २ः३० बजे कानुन मन्त्रालयले प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएको जानकारी दिएको थियो।
बिद्यार्थीहरुले सर्वोच्च अदालत घेराउ गरेपछि प्रधानन्यायाधीस हसन राजिनामा दिन बाध्य भएका हुन्। बिद्यार्थीहरुले थप पाँच जना न्यायधिसले पनि राजिनामा दिनु पर्ने सर्त राखे पछि हसन पछि थप पाँच जना न्यायधिसले राजिनामा दिएका थिए।
आन्दोलनकारी विद्यार्थीले पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गरेका छन्।
प्रधानन्यायाधीश हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा काम गरिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउ गरी शनिबार १ बजेभित्र राजीनामा गर्न अल्टिमेटम नै दिएका थिए।
बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा आन्दोलनकारी विद्यार्थीसमेत सहभागी अन्तरिम सरकार गठन भएपछि पनि आन्दोलन रोकिएको छैन।
काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...
हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...