भारतीय विदेशसचिव मिस्रीलाई परराष्ट्र सचिव लम्सालले गरिन स्वागत – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper
यस्तो छ २ दिने नेपाल भ्रमणको तालिका

भारतीय विदेशसचिव मिस्रीलाई परराष्ट्र सचिव लम्सालले गरिन स्वागत

काठमाडौं। नेपालको दुई दिने औपचारिक भ्रमणमा आज काठमाडौं आएका भारतका विदेश सचिव विक्रम मिश्रीलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छन्।

परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा नेपाल आएका विदेश सचिव मिस्रीलाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी हुन्।

उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

उनले नेपालस्थित भारतीय राजदूतावास कर्मचारीसँग छलफल गरेपछि दुई बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् ।

राष्ट्रपतिसँगको भेटपछि उनले तीन बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। सचिव मिस्रीले आइतबार नै उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम पनि रहेको छ।

आज नै परराष्ट्र सचिव लम्सालले सचिव मिस्रीका लागि रात्रिभोजको आयोजना गर्नेछिन्। सो कार्यक्रममा पनि नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

सोमबार बिहान ११ः४५ बजे उनले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

विदेश सचिव मिस्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेश सचिवको भ्रमणले दुई देशबिचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ ।’

त्यस्तै, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि विदेश सचिवको भ्रमणले भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विषय उल्लेख छ ।

नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि नेपालका लागि यो नै पहिलो उच्चस्तरीय भ्रमण हो।

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ श्रावण २७, १२: ५९

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ श्रावण २७, १२: ५९

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८१ श्रावण २७, १२: ५९

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...