‘एयर कनेक्टिभिटी’ बढाउन परराष्ट्र मन्त्री डा.आरजुद्वारा भारतीय विदेश सचिवसमक्ष प्रस्ताव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘एयर कनेक्टिभिटी’ बढाउन परराष्ट्र मन्त्री डा.आरजुद्वारा भारतीय विदेश सचिवसमक्ष प्रस्ताव

काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीसमक्ष नेपाल –भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुट उपलब्ध गराउन प्रस्ताव गरेकी छन्।

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका मिश्रीसमक्ष परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा डा.राणाले यस्तो प्रस्ताव गरेकी हुन्।

मन्त्री राणा र सचिव मिश्रीबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवम् विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री डा.राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि कुरा उठाएकी थिइन्।

सो भेटवार्तामा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउन यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो।

डा. राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाँडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउन र दार्चुलाको पुल उद्घाटन बारे सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउन माग गरेकी थिइन्।

भेटमा मन्त्री डा.राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिइनुपर्ने भन्दै जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका निम्ति भारत सरकारको सहयोगप्रति उनले धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २८, १८: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २८, १८: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २८, १८: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...