भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउनुपर्छः गगन थापा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भ्रष्टाचारमा ५ वर्षे हदम्याद हटाउनुपर्छः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले भ्रष्टाचारमा ५ वर्षे हदम्यादको प्रावधान हटाउने पर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले भ्रष्टाचार र अख्तियार सम्वन्धि कानुन संशोधन गर्ने विधेयकको प्रस्तावलाई परिमार्जन गर्नु पर्ने बताएका हुन्।

उनले भ्रष्टाचारमा अनुसन्धान गर्न पाँच वर्षे हदम्याद राख्ने गरी प्रस्तुत विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा हाल छलफलमा रहेको भन्दै त्यसलाई संशोधन गर्ने पक्षमा आफ्नो पार्टी स्पष्ट रहेको बताए।

‘अहिले संसदमा केही विधेयक विचाराधीन छन्। पर्सी राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार र अख्तियारसँग सम्बन्धित विधेयकमा छलफल हुँदैछ। कांग्रेसका सांसदहरु हदम्याद हटाउनुपर्छ भन्ने पक्षमा छन्’ उनले भने ।

भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था प्रस्तावित छ।

संसदीय समितिमा विचाराधीन विधेयकमा भएको व्यवस्थाअनुसार निश्चित अवधिभित्र अनुसन्धान नभए सार्वजनिक पद धारण गरेको व्यक्तिहरुमाथि मुद्दा चल्ने छैन।

यस्तो प्रस्तावित व्यवस्थाको विपक्षमा विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल देखिएका छन्।

सत्तारुढ कांग्रेसले पनि भ्रष्टाचारमा अनुसन्धानका लागि हदम्याद राख्न नहुने बताउँदै आएको छ। तर सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले भने यो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक नगरी मौन बसेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ श्रावण २९, १६: ३७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ श्रावण २९, १६: ३७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ श्रावण २९, १६: ३७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...